झापा , चैत २ । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका वडा नं. ४ बस्ने २३ वर्षिय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका वडा नं. ७ घर भई हाल ईटहरी उप–महानगरपालिका वडा नं.७ बस्ने २४ वर्षिय लोकनाथ भण्डारी रहेका छन् । आज दिउँसो मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ४० ग्राम खैरो हिरोईनसहित उनीहरुलाई पक्राउ गरेको हो । दुवैलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्