बिर्तामोड , चैत २ । न्याय सम्पादनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकामा ४ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

तालिमले नगरपालिकाका प्रत्येक १० वटा वडाको मेलमिलाप केन्द्रमा आउने मुद्धालाई न्यायिक मेलमिलाप गराउने काममा सहयोग पुग्ने सहभागीहरुले बिश्वास लिएका छन् । नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्य एवं उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल ,४ नं वडाध्यक्ष कुलप्रसाद संग्रौला , तालिमका सहभागी रन्जु प्याकुरेलले मन्तव्य राखेका थिए ।
अधिवक्ता नारायण भट्टराई र देवी निरौलाले सहजीकरण गरेको तालिममा वडाध्यक्षसहित मेलमिलाप केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो । समापन कार्यक्रमको संचालन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेको न्यायिक समितिका अधिकृत टीका लामिछानेले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्