बिर्तामोड,चैत २ । बिर्तामोड नगरपालिकामा जारी दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ४ र वडा नं १० भिड्ने भएका छन् ।

नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा सोमबार भएका सेमिफाइनल खेलहरुमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै वडा नं ४ र वडा न. १० फाइनलमा पुगेका हुन् । वडा नं ४ ले वडा न. ८ लाई २–० ले स्तव्ध बनायो । दुवै गोल हाफटाइमपछि वडा न. ४ का खेलाडीहरु रमेश गुरुङ र पवन चिमरियाले लगाएको वडा नं ४ का खेलकुद विकास समितिका सचिव चन्द्रशेखर मैनालीले बताए ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा वडा न. १० ले वडा न. ६ लाई एकका विरुद्ध दुई गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो । फाइनल खेल मंगलबार हुने भएको छ । गत फागुन २८ गते प्रतियोगिता शुरु भएको नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाएको प्रतियोगिताका विजेता टिमले ७० हजार नगद पुरस्कार पाउने छ । त्यस्तै प्रतियोगिताका उपविजेता टिमले नगद ५० हजार पाउने भएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा गोलरक्षकलाई सम्मान गरिने अध्यक्ष संंग्रौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्