सपना आचार्य,
माई, इलाम , चैत ३ । मिर्गौलापीडित झापा भद्रपुर नगरपालिका–२ पृथ्बीनगरकी ५५ बर्षिया पदमादवी थापालाई बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रवासी इलामेली सेवा समाज कुवेतका संयोजक चक्र कुलुङ्ग राईमार्फत संकलित दश हजार रुपैयाँ पदमाको उपचारमा सहयोग पुग्ने गरी मंगलबार माई–४ शुक्रबारे इलाममा पीडितका श्रीमान् लक्षुमण शंकरलाई हस्तान्तरण गरिएको होे ।

प्रवासी इलामेली सेवा समाज कुबेतबाट प्राप्त नगद करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक तथा पत्रकार विमल दहालले पीडित परिबारलाई उपलब्ध गराएका हुन् । कमजोर आर्थिक अबस्था भएकी विकको उपचारमा लाखौ रुपैयाँ लागेको भन्दै थप उपचारका लागि रकम चाहिने भएकाले श्रीमान् लक्षुमणले सबैसंंग सहयोगको अपिल गरेका छन् । मिर्गाैलापीडित पदमाको थप सहयोगका लागि सहयोगी मन भएकाहरुलाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भद्रपुर सगरमाथामा रहेको खाता नम्बर २५–०१–०००१४२४७ मा सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्