दमक,चैत ३ । दमकमा सुविधासम्पन्न व्यायामशाला सञ्चालनमा आएको छ ।

दमकका तीन जना युवा व्यवसायीहरुले दमक १ स्थित फाल्गुनन्द चौकनजिकै विष्ट फ्याक्ट्री ( जिम हाउस ) सञ्चालनमा ल्याएका हुन् ।
फिजियोथेरापीमा लामो अनुभव सम्हालेका विनोद भट्टराईसहित विशाल पौडेल र सुमन गौतमले दमककै सुविधासम्पन्न व्यायामशाला विधिवत रुपमा हालै सञ्चालनमा ल्याएका हुन् । यसै साता सञ्चालनमा आएको उक्त व्यायामशालाको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरे ।
फिजियोथेरापिष्ट भट्टराईका अनुसार जिम हलमा अत्याधुनिक उपकरणहरु रहेका छन् । दमकको विकासमा यस्ता समय अनुकुल जिम क्लवले ठूलो महत्व राख्ने सञ्चालक उनले बताए । उनले यस जिम हलमा सर्टिफाईट टे«नर, लकरको सुविधा, मेडिकल गाईडेन्स, हाइजेनिक वातावरण तथा प्रविधिमैत्री जिम हल भएको बताए ।
सुविधासम्पन्न हलमा योगा, जुम्बा, बडिविल्डिङ्ग, सम्पूर्ण शारीरिक व्यायामको लागि उपकरण तथा पर्सनल ट्रेनरजस्ता सेवा रहेको अर्का सञ्चालक सुमन गौतमले बताए । महिला र पुरुषले सिक्न व्यवस्थापन गरिएको जिममा अन्य जिमको तुलनामा स्तरीय सेवा भएको दावी सञ्चालकहरुको छ । दमकमा पछिल्लो समय व्यावसायिक रुपमा जिम हाउस खुल्ने क्रम बढ्दो छ । दमकमा आधा दर्जनबढी जिम हाउस सञ्चालनमा छन् ।
दमक जेसीजका सदस्यलाई जिममा छुट
व्यस्त जीवनमा स्वास्थ्य र व्यायामसम्बन्धी युवाहरुलाई प्रेरित गराउन दमक जेसीज र जिम सञ्चालकबीच छुुटसम्बन्धी संझौता भएको छ ।
फ्याक्ट्री (जिम हल ) सँग दमक जेसीज सदस्यहरुलाई जिममा भर्ना हुँदा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
जेसीजका अध्यक्ष सुयोग खरेलले स्वास्थ्य जीवनयापनका लागि व्यायाम उपयोगी हुने भएकाले व्यायाममा भर्ना हुने आफना सदस्यहरुलाई जिममा भर्ना वापत लाग्ने शुल्कमा सो छुट दिनेगरी संझौता गरिएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्