बुद्धशान्ति , चैत ४ । आज बिहान बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् ।

बिहान ७.१० बजे बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्धुली बाँधमा आएको जंगली हात्तीको आक्रमणबाट ईलाम देउमाई नगरपालिका–१० ढोडेनी १९ वर्षिय बिजय भन्ने कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षिय मिलन कार्की डोली घाइते भएका हुन् ।गंभीर अबस्थाका खातीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै सामान्य अबस्थाका कार्कीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ ।दुवै जना ट्याक्टरमा काम गर्ने लेबर हुन् । जंगली हात्तीलाई धपाउन खोज्दा आक्रमण गरी घाइते बनाएको हो । हात्तीलाई स्थानीय र प्रहरीले लखेटिसकेको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्