बुद्धशान्ति , चैत ४ । आज बिहान बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणबाट घाइते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ ।

बिहान ७.१० बजे बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्धुली बाँधमा आएको जंगली हात्तीको आक्रमणबाट ईलाम देउमाई नगरपालिका–१० ढोडेनी १९ वर्षिय बिजय भन्ने कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षिय मिलन कार्की डोली घाइते भएका थिए ।गंभीर अबस्थाका खातीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा बिहान ११ः४५ बजे थप उपचारको लागि मेची अस्पताल भद्रपुर रेफर गरिएकोमा उपचारको क्रममा दिउँसो १२ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सामान्य अबस्थाका कार्कीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ ।दुवै जना ट्याक्टरमा काम गर्ने लेबर हुन् । त्यस्तै बुद्धशान्ति २ बस्ने मणी कट्टेलको बाछीलाई हात्तीले दाराले प्रहार गर्दा बाछीको पेटमा गहिरो चोट लागेको जनाइएको छ ।
जंगली हात्तीलाई धपाउन खोज्दा आक्रमण गरी घाइते बनाएको हो । हात्तीलाई स्थानीय र प्रहरीले लखेटिसकेको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्