दमक, चैत ४ । शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले (यूएनएचसीआर )दमकस्थित नेपाल रेडक्रस सोसाईटीलाई एम्बुलेन्स प्रदान गरेको छ ।

उच्चायोगको टोली दमक आएर रेडक्रस उपशाखालाई एउटा एम्बुलेन्स प्रदान गरेको हो ।
उच्चायोगका वरिष्ठ कार्यक्रम अधिकृत बिष्णुबहादुर थापाले एम्बुलेन्स र चावी रेडक्रस उपशाखालाई हस्तान्तरण गरेको सभापति प्रकाश बुढाथोकीले बताए ।
मानवीय सेवामा काम गर्दै आएको रेडक्रसलाई यसअघि समेत यूएनएचसीआरले करिव रु २६ लाख मूल्य पर्ने एक थान थाइराइड जाँच्ने उपकरण प्रदान गरेको सभापति बुढाथोकीले बताए । रेडक्रसमा योसंगै एम्बुलेन्सको संख्या तीन पुगेको छ । लामो समयदेखि रेडक्रसले रक्तसञ्चार सेवासंगै सर्प डसाई उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।
यसैबीच बुधबार नै यूएनएचसीआरले मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरलाई लक्षित गरी त्यहाँको एक संस्थालाई समेत एउटा एम्बुलेन्स प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्