झापा , चैत ४ । प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २१ वर्षिय मानव राजबंशी रहेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची खोलाबाट बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्