भद्रपुर, चैत ५ । एवीसी नेपाल झापाले जिल्ला कारागारमा रहेका महिला कैदीवन्दीहरुलाई आधारभूत सिलाई तालिम दिन थालेको छ ।

कारागार प्रांगणमा बिहीवार आयोजित कार्यक्रमकाबीच एवीसी नेपालले सय मिटरबढी कपडा प्रदान गर्नुका साथै तालिमको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले वन्दी महिलाहरुले स्वाबलम्बी बनेर समाजको रुपान्तरणमा लाग्नु पर्ने बताए ।
उनले समाजमा महिलाहरुलाई विभेद गर्ने प्रचलन रहेको बताउँदै तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रहसमेत गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकालले मन्तव्य राखेका थिए । एवीसी नेपालकी अध्यक्ष कंचना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष रेखा अधिकारीले स्वागत र सचिव देवी निरौलाले संचालन गरेका थिए । सो अवसरमा वन्दीहरुलाई पुस्तक प्रदान गरिएको थियो । वन्दी महिलाहरु सिमा शर्मा, मेनुका दास र कमला राई प्रशिक्षक रहेको तालिममा १५ जना वन्दी महिलाहरु सहभागी हुने महिला प्रशासन प्रमुख कसम गहतराजले बताइन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सानुराम भट्टाराईसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्