झापा , चैत ७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग ( वाइसिएल) नेपालले संगठन पुनर्निर्माणलाई तीब्रता दिएको छ ।

संगठनमा जिम्मेवारी बाँडफाँडसहित संगठन पुनर्निर्माणका लागि तालिका सार्वजनिक गरेको हो ।
चैत्र ३ गते बसेको पदाधिकारी बैठक तथा ४ र ५ गते बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकद्वारा चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखि जिल्लाका भेलाहरु सम्पन्न गर्ने, आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गरी जेठ २८,२९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको वाइसिएलका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक कर्म पुलामीले जानकारी दिए ।

त्यस्तै १४ वटै जिल्लामा इञ्चार्ज तथा संयोजकहरु तोकेको छ । बैठकले ताप्लेजुङको ईन्चार्जमा राजन लिम्बू, संयोजकमा सुजन लिम्बू , पाँचथर जिल्ला ईन्चार्जमा दिलकुमार नेम्वाङ चोलुङ, संयोजकमा बिक्रम शंकर, ईलाम ईन्चार्जमा तारा बाबू सुबेदी संयोजकमा बिक्रमबाबू फियाक, झापा ईन्चार्जमा कुमार आचार्य र संयोजकमा दधि रिमाल, मोरङ ईन्चार्जमा खगेन्द्र सुवेदी र संयोजकमा शंकर भट्टराईलाई जिम्मेवारी तोकेको छ ।
त्यसैगरी सुनसरी ईन्चार्जमा हरि लिम्बू , संयोजकमा भुवन याक्खा, धनकुटामा संयोजक डिबी तामाङ, तेह्रथुम ईन्चार्जमा छिरिङ भोटे र संयोजकमा कुमार लिम्बू , संखुवासभा ईन्चार्जमा पृथककुमार पाठक , संयोजकमा अनिल राई, भोजपुर ईन्चार्जमा सुरेन्द्र राई र संयोजकमा करण राई, ओखलढुंगा ईन्चार्जमा सन्तोष मगर र संयोजकमा छवि धमला, खोटाङ ईन्चार्जमा राजुविक्रम राई र संयोजकमा सरद राई तथा सोलुखम्बु ईन्चार्जमा हेमचन्द्र राई र संयोजकमा देव बस्नेतलाई जिम्मेवारी सुम्पिएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्