भद्रपुर ,चैत ७ । झापाको चन्द्रगढीस्थित मेची रंगशालामा संचालन हुन गइरहेको प्रथम भद्रपुर नगरपालिका वडास्तरीय कबड्डी प्रतियोगिताको तयारी पुरा भएको छ ।

भद्रपुर नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा यहि चैत्र ९ देखि १३ गते ५ दिनसम्म संचालन हुने प्रतियोगिताको तयारी पुरा भएको शनिवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको हो ।
कार्यक्रममा बोल्दै कबड्डी उपसमिति संयोजक रतिया राजवंशीले नगरपालिकाभित्रबाट वडा नं १ देखि १० सम्मका सबै वडाको टिमले सहभागिता जनाउने बताए ।
उनले महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतियोगिता संचालन गरिने खेलमा प्रथम , द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २० हजार ,१० हजार र ५ हजार नगदसहित शिल्ड ,मेडल,र ट्रफी प्रदान गरिने बताए ।
प्रतियोगितामा महिला खेलाडीका लागि ७५ केजी र पुरुष खेलाडीहरुका लागि ८० केजीसम्मको तौल निर्धारण गरिएको उनको भनाई छ । खेल संचालनका लािग नगरपालिकाको २ लाख ६० हजार रुपैयाँ खर्च हुने उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख जीवनकुमार श्रेष्ठले कबड्डी प्रतियोगिता भद्रपुरको पुरानो खेल भएको बताउँदै पछिल्लो समयमा नयाँ खेलाडी उत्पादन र योगदान गर्ने उद्गमथलोको रुपमा नगरपालिका रहेको बताए ।
समिति अध्यक्ष प्रेम भुजेलले संचालन गरेको कार्यक्रममा खेलाडी , संचारकर्मी, खेल प्रशिक्षकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्