बिर्तामोड , चैत ७ । महिलाहरुलाई उद्यमशील बनाउन बिर्तामोडमा तीनदिने सशक्तिकरण कार्यशाला गोष्ठी गरिने भएको छ ।

एरिना इभेन्टस र भिप्रा एड्भरटाइजिङको संयक्त आयोजनामा यही चैत ९ देखि ११ गतेसम्म बिर्तामोडको होटल सिद्धार्थ ग्रान्ड सिटीमा वुमेन इम्पावरमेन्ट वर्कशप हुने भएको हो । उक्त कार्यशाला बिर्तामोड नगरपालिकालगायत विभिन्न संघसंस्थाको प्रायोजनमा हुन लागेको हो । विशेषगरी महिलाहरुलाई उद्यमशील बनाउने उद्धेश्यले सो कार्यक्रम गर्न लागेको आयोजक संसथाका सन्दीप पराजुलीले बताए । कार्यक्रममा महिलाहरुलाई भाषण कला , नेतृत्व विकास , उद्यमशीलता , कृषि , व्यावसायिक कानून , आत्मरक्षालगायतका विषयमा प्रशिक्षण दिइने आयोजक भिप्रा एड्भरटाइजिङका कार्यकारी निर्देशक विमल राजवंशीले बताए । तृष्णा रेग्मी ,सुगारिका केसी , दिपेन धिमाल , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यलगायतले कार्यक्रमको सहजीकरण गर्ने जनाइएको छ । कार्यक्रममा सयजना महिला सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्