बिर्तामोड, चैत ८ । विगत १३ वर्षदेखि अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारको संस्थापक अध्यक्ष रहेका राजकुमार पोखरेल पुनः अध्यक्षमा चयन भएका छन् ।

बिर्तामोडका समाजसेवी एवं प्रतिष्ठित व्यवसायी पोखरेल तेस्रो कार्यकालका लागि क्याम्पस संचालक समितिको अध्यक्ष चुनिएका हुन् । आइतबार क्याम्पस परिसरमा सम्पन्न तेस्रो अधिवेशन तथा १३ औँ वार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा कृष्ण बिमली, शिव खरेल, रुद्रप्रसाद सिटौला, डा. लक्ष्मी मैनाली, मोहन मित्तल, जानुका थापा मगर, युवराज प्रसाईं र नरेशमान धिमाल चयन भएको निर्वाचन समितिका संयोजक उमानाथ ओलीले बताए् । ९ जना निर्वाचित र बाँकी ६ जना पदेन सदस्य रहने व्यवस्था रहेको छ । क्याम्पस प्रमुख मोहन शिवाकोटी समितिको सदस्य सचिव रहने छन् भने वडा अध्यक्ष , निवर्तमान अध्यक्ष, शिक्षक प्रतिनिधि पदेन सदस्य रहने संयोजक ओलीले बताए ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला, क्याम्पस भवन निर्माण समितिका संयोजक हर्कलाल गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमका अध्यक्ष पोखरेलले स्वागत गर्दै अध्यक्षको प्रतिवेदन र क्याम्पस प्रमुख शिवाकोटीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न दाताद्वारा स्थापित कोषबाट १८ जना विद्यार्थीलाई पूर्ण छात्रवृति र २४ जना विद्यार्थलाई अर्ध छात्रवृति प्रदान गरिएको थियो । रुद्रप्रसाद सिटौला र जुनु प्रधानले सञ्चालन गरेको कार्यक्रममा दाता पुष्पलाल चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्