बिर्तामोड , चैत ८ । कनकाई हस्पिटल बिर्तामोड र एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको (एएसएसएन ) को आयोजनामा बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशाला सम्पन्न भएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक तथा एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीको अध्यक्षतामा भएको स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको उद्घाटन प्रमुख अतिथि एएसएसएनका प्रेसिडेन्ट प्रोफेसर. डा. विमलकुमार पाण्डे ,विशेष अतिथिद्वय एएसएसएनका पास्ट प्रेसिडेन्ट प्रो. डा. रोहित पोखरेल र प्रो. डा. रवीन्द्रलाल प्रधानले गरेका थिए ।
कनकाई हस्पिटल बिर्तामोडका संस्थापक अध्यक्ष खेमराज श्रेष्ठले स्वागत गरेको कार्यक्रममा नेपाल मेडिकल एसोसिएसन मेचीका अध्यक्ष डा. सिपी यादव, एएसएसएनका पास्ट प्रेसिडेन्ट प्रो. डा. रोहित पोखरेल , प्रो. डा. रवीन्द्रलाल प्रधान , एएसएसएनका कोषाध्यक्ष प्रो. डा. गौरवराज ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले कनकाई हस्पिटल बिर्तामोड र एएसएसएनले प्रदेश नं. १ मै पहिलोपटक बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको आयोजना गरेर एएसएसएन र स्पाइन सर्जरीबारे बुझ्ने मौका प्रदान गरेको भन्दै एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीको प्रशंसा गरेका थिए ।

कार्यक्रममा स्पाइन सर्जरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको कदर गर्दै एएसएसएनका पास्ट प्रेसिडेन्ट प्रो. डा. रोहित पोखरेल , प्रो. डा. रविन्द्रलाल प्रधान , एएसएसएनका कोषाध्यक्ष प्रो. डा. गौरवराज ढकाल , एएसएसएनका प्रदेश नं.१ का प्रतिनिधि प्रो. डा. पशुपति चौधरी , साइन्टीफिक कमिटीका पास्ट प्रेसिडेन्ट प्रो. डा. दिपक श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एएसएसएनका प्रेसिडेन्ट प्रो. डा. विमलकुमार पाण्डेले प्रदेश नं.१ मा एएसएसएनले गर्ने भूमिका, एएसएसएनका महासचिव व्यापक पौडेलले एएसएसएनको सदस्य वन्ने प्रक्रिया, एएसएसएनका प्रदेश नं.१ का प्रतिनिधि प्रो. डा. पशुपति चौधरीले प्रदेश नं.१ मा स्पाइन सर्जरीको सम्भावना, साइन्टीफिक कमिटीका प्रेसिडेन्ट प्रो.डा.सुरज बज्राचार्यले स्पाइन एकेडेमीको महत्व, साइन्टीफिक कमिटीका पास्ट प्रेसिडेन्ट प्रो. डा. दिपक श्रेष्ठले एएसएसएन र स्पाइन सर्जरीको भविष्यको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा नेपालभरिका एक सयभन्दा वढी स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जन , रेजीडेन्सहरुको सहभागिता रहेको कनकाई हस्पिटल बिर्तामोडका पूर्व अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिए ।

त्यस्तै धुलाबारीस्थित मेची क्राउनमा युवा अर्थोपेडिक तथा न्युरो सर्जनहरुलाई दक्ष स्पाइन सर्जन बनाउन सवोन मोडलमा स्पाइनसम्वन्धी अप्रेसन टेक्निकबारे एएसएसएनका फेकल्टीहरुद्वारा साइन्टीफिक प्रशिक्षण प्रदान गरिएको थियो भने नेपालका ख्यातिप्राप्त वरिष्ठ स्पाइन सर्जनहरुको १० वटा प्रस्तुतीसहितको छलफल र प्यानल डिस्कसन गरिएको कनकाई हस्पिटल बिर्तामोडका सञ्चालक किशोर भुजेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न फरक विशेषज्ञता हासिल गरेका स्पाइन सर्जनहरुले गर्धनको मेरुदण्डको चोट, ढाड, कम्मरको मेरुदण्डको चोटपटकको उपचार, कम्मरको डिस्प्रोल्याप्सलगायतका स्पाइनका विभिन्न समस्यामै केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसन गरेका थिए ।
स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषय , सपाइनका समस्या र उपचारका क्षेत्रमा भएका पुराना पद्धति र आएका नविन उपचारका प्रविधी तथा खोज अनुसन्धानबारे कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रममा स्पाइनसम्वन्धीका बिरामीलाई स्तरीय र सर्वसुलभ सेवा पुर्याउन सरकारले खेल्नुपर्ने भूमिका, मेडिकल कलेज, प्राइभेट हस्पिटललगायतले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा सहभागी स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जन , रेजिडेन्सहरुले सम्मेलन र कार्यशाला अत्यन्तै फलदायी भएको बताउँदै एएसएसएनसम्वन्धी बुझ्ने मौका पाएको बताए ।
त्यस्तै सम्मेलन आयोजक समितिका संयोजक तथा एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले बिर्तामोडमा भएको सम्मेलन र कार्यशालाबाट आफूहरु उत्साहित भएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रियस्तरको स्पाइनसम्वन्धी सम्मेलन र कार्यशाला आयोजना गर्ने जानकारी दिए ।
कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर समेत रहेका वरिष्ठ स्पाइन सर्जन डा. शाहीले कनकाई हस्पिटल बिर्तामोडले आठ वर्षअघि प्रदेश नंं.१ मै पहिलोपटक स्पाइनल सर्जरी सेवा शुरु गरेको र हाल माइक्रोएण्डोस्कोपिक स्पाइन सर्जरीसम्बन्धी सेवा शुरु गरेर स्पाइनका विरामीलाई सेवा दिइरहेको जानकारी दिए ।
उद्घाटन कार्यक्रमको सञ्चालन कनकाई हस्पिटल बिर्तामोडका सञ्चालक फडिन्द्र चापागाईंले गरेका थिए भने समापन कार्यक्रमको सञ्चालन एएसएसएनका महासचिव व्यापक पौडेलले गरेको कनकाई हस्पिटलका कर्मचारी अभय भुजेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्