बिर्तामोड,चैत ९ । प्रहरीले बिर्तामोडबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो ४ः३० बजे बिर्तामोड नगरपालिका वडा नं.३ स्थित भद्रपुर रोडबाट बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय बिर्तामोड र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका ६ बस्ने ३५ वर्षिय पञ्चानन्द राजवंशी, सोही गाउँपालिका वडा नं. ७ बस्ने ५० वर्षिय हेमनारायण राजवंशी,मोरङ उर्लाबारी ६ बस्ने २० वर्षिय विष्णु पोद्धार र उर्लाबारी ५ बस्ने १६ वर्षिय राजकुमार श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध एमफेटामाईन ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद भएको छ । चारैजनालाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र अदालतबाट म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्