कुमरखोद, चैत ९ । झापा गाउँपालिकामा आईतवार राति जंगली हात्तीको समुहले क्षति पु¥याएको छ ।

झापा गाउँपालिका वडा नं ५ पंथापडा बजारदेखि दक्षिणपट्टी रहेको मेचे गाउँमा रातको समयमा जंगली हात्ती आएर मोतीउर रहमानको टिनको भान्सा घर पुरै भत्काएको हो । रहमानका अनुसार जुनेली रात भएकाले घरको वरिपरि हात्ती मात्रै देखिन्थ्यो । ‘घरको छेउमा लगाएको केराको बोटहरु खान थाले हामीहरु आत्तिएका थियौ डरले चिच्यायौं’उनले भने,‘ हात्तीले भान्सा घर भत्काउन थालेको थियो ,हामीले चिच्याएर गाउँका मानिसहरु जम्मा भएर आगो बालेपछि हात्तीहरु भागेका थिए ।’ आफूले लगाएको तरकारी वाली खाएर, कुल्चेर लगभग ३०–४० हजार रुपैयाँ बराबरको नोक्सान पुर्याएको उनले बताए । रहमानले लगाएको १० कठ्ठा मकै वालीसमेत हात्तीले खाएर, कुल्चेर नोक्सान गरेको छ । रातको समयमा ७ वटा जंगली हात्तीले किसानले लगाएको २–३ विगाह मकै वालीमा नोक्सान गरेको रहमानका ज्वाई सद्दाम आलमले बताए ।
राती नै सशस्त्र प्रहरी विओपी पंथापडा , जनपद प्रहरी चौकी पंथापडा र स्थानीयहरु मिलेर जंगली हात्तीलाई गाउँवाट धपाउन सफल भएका थिए । हात्तीबाट मानवीय क्षति नभएको पंथापडा चौकीका प्रहरी सहायक निरिक्षक मोहन कुमार तामाङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्