झापा , चैत १० । मादक पदार्थ सेवन गरी सवारी चलाउने एक चालकविरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको छ ।

मे १ ख २६२९ नम्बरको यात्रुबाहक बसका चालक उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने ४५ वर्षिय मोहनलाल राईमाथि प्रहरीले मुद्धा दर्ता गरेको हो । चैत७ गते साँझ ७ः३० बजे शिवसताक्षी नगरपालिका वडा न ८ झिलझिले स्थित पूर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई ट्राफिक प्रहरी पोष्ट झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले राईले चलाएको यात्रुबाहक बस रोकी ब्रेथलाईजरको माध्यमबाट चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेको प्रमाणित हुन आएपछि तत्कालै नियन्त्रणमा लिई अभद्र ब्यबहार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चैत ८ गते झापा जिल्ला अदालतको आदेशले ५ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्