दमक,चैत १० । कमल गाउँपालिका वडा न. ५ ले वडाका अगुवा किसानहरुलाई कृषि औजार वितरण गरेको छ ।

स्थानीय टोल विकास संस्थाहरुको समन्वयमा वडा कार्यालयले कृषि औजार वितरण गरेको वडा सचिव रिता कार्कीले बताईन् ।
वडा कार्यालयमा मंगलबार एक कार्यक्रम गरी वडाका पाँचवटै टोलबाट सिफारिस भईआएका ३४ जना किसानलाई टनेल र ४० थान स्प्रे ट्यांकी टोल समूहलाई वितरण गरिएको हो । किसानहरुलाई बेमासमी खेतीतर्फ टेवा पुर्याउन प्रोत्साहनस्वरुप वार्षिक कार्यक्रम अनुसार वडाको ३ लाखको बजेटमार्फत ती औजारहरु वितरण गरिएको वडाध्यक्ष निरौलाले बताए ।
औजार हस्तान्तरण कार्यक्रममा वडाध्यक्षसहित साविक लखनपुर गाविसका पूर्व अध्यक्ष भोजकुमार घिमिरे, समाजसेवी पूर्णानन्द शर्मा,टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले कृषि औजारको सही उपयोगिता गर्नुपर्ने आंैल्याएका थिए । ती औजार पाएका किसानहरुले सही सदुपयोग गरे,नगरेको बारे वडास्तरमा गठित समितिले अनुगमन गरिने समेत वडाध्यक्ष निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्