झापा , चैत ११ । नेपाल प्रहरीका पूर्व एआइजीपी रणबहादुर चन्द अध्यक्ष रहेको मातृभूमि नामक संस्था झापामा पनि विस्तार गरिएको छ ।

संस्थाका १ नम्बर प्रदेश संयोजक शेखर लिम्बू, प्रदेश सदस्य बेदु न्यौपाने र सोधुहाङ लिम्बुको उपस्थितिमा झापा शाखा गठन गरिएको हो । दधिराम रिमालको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समितिको सहसंयोजकमा खगेन राजवंशी ,सचिव सन्दिप प्रसाई , सहसचिव सरस्वती चौलागाई र कोषाध्यक्षमा सरोज घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा अशोक धिताल , प्रज्वल कडरिया , आयुषा लामिछाने ,हैकम घिसिङ, प्रतिक कडरिया र कुमार काफ्ले रहेका छन् । माटो र वातावरण संरक्षण , लागूऔषध दुव्र्यसनबिरूद्ध अभियान, विद्यालयमा आत्मरक्षासम्बन्धी तालिम, उत्पादनमुलक कृषि परियोजना, अनाथ बालबालिका संरक्षणसम्बन्धी कार्यक्रम मुख्य उद्धेश्य रहेको जिल्ला संयोजक रिमालले बताए । मातृभूमि सामाजिक संस्थाको रुपमा २०७१ भदौ ५गते समाज कल्याण परिषदमा दर्ता भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्