बिर्तामोड ,चैत १२ । स्कूल बसले ओभरटेक गरेर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

आज बिहान बिर्तामोड ३ स्थित मेची आँखा अस्पताल अगाडि फनमिन स्कूलको ना ४ ख ७७२४ नं को बसले टिपरलाई ओभरटेक गरी मे ७ प ४३२७ नं को मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड ९ लख्खीबारी बस्ने रुपेश श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल लगिएको छ ।

बस तथा बस चालकलाई प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ । स्कूल बसहरुले तीब्र रुपमा गाडी चलाउने गरेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्