भद्रपुर, चैत १५ । भद्रपुर २ सोमवारेस्थित शिखर शिशु सदनले सामाजिक उत्तरदायित्वअन्तर्गत एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको हो ।
बाल रोग विशेषज्ञ सुवास बस्नेत तथा दन्त रोग परीक्षक लिलिया भट्टराईको टोलीले ११० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी उपचार सेवा प्रदान गरेको थियो ।
विद्यालयका संस्थापक÷ प्रिन्सिपल प्रज्ज्वल खड्का तथा संस्थापक÷सल्लाहकार बसन्तकुमार राईको नेतृत्वमा शिविर सम्पन्न गरिएको जनाइएको छ ।