झापा , चैत १६ । होली पर्वमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने सयभन्दा बढी मोटरसाइकल झापामा कार्वाहीमा परेका छन् ।

होली मनाउने क्रममा हेल्मेट नलगाउने , तीनजना सवार हुने र कागजपत्र नभएका १०१ वटा मोटरसाइकल कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले त्यसबाहेका कुनै अप्रिय घटना नभएको जानकारी दिए । होली पर्वमा अप्रिय घटना हुन नदिन जिल्लाका ८० प्रतिशत प्रहरीलाई परिचालन गरिएको उनको भनाइ छ ।