राजगढ, चैत १७ । प्रस्तावित बाह्रदशी जेसीजले सोमबार होली (फागु पूर्णिमा) पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस वर्षको होली पर्व पनि कोरोना संक्रमण त्रासबाट मुक्त नभएपछि जेसीजले घर–घरमा पुगेर शुभकामना आदानप्रदान गरेको हो ।
ठूलो भेला नगरी बाह्रदशी गाउँपालिकाका अध्यक्ष– उपाध्यक्ष– वडाध्यक्ष– प्राध्यापकलगायत स्थानीयकै घरमा गइ होलीको अवसरमा शुभकामना आदानप्रदान गरिएको कार्यक्रम संयोजक तथा बाह्रदशी जेसीजका कार्यकारी उपाध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्