झापा,चैत १७ । देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकांश विद्यालय संचालन भएका छन् ।

निजी क्षेत्रबाट संचालित संस्थागत विद्यालयका छाता संगठन प्याव्सन र एनप्याव्सनले आफ्ना मातहतका स्कुल संचालन गर्न निर्देशन दिएका थिए । सरकारले चार दिनका लागि बन्द गर्ने निर्णय गरेपनि बिर्तामोड क्षेत्रका सबै संस्थागत विद्यालयहरु खुलेको कंचनजंघा अंगे्रजी स्कूलका संचालक गुरुभक्त न्यौपानेले बताए । उनले विद्यालयमा परीक्षा संचालन भइरहेको जानकारी दिए । विद्यालय बन्द गर्ने काम गलत भएको भन्दै सरकारको निर्णयको तीव्र विरोध समेत भएको छ । काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा वायु प्रदुषण बढेको भन्दै सरकारले आजदेखि चार दिनका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्