दमक, चैत २० ।कोभिड– १९ विरुद्धको राष्ट्रिय खोप अभियानअन्तर्गत नेपालमा शरणागत रहेका भुटानी शरणार्थीहरुलाई पनि खोप लगाईएको छ ।

६५ बर्ष माथिका ज्येष्ठहरुलाई सरकारले लगाउने खोप अभियान कार्यक्रमअन्तर्गत झापा र मोरङमा बस्दै आएका ६५ बर्षमाथिका ६६८ जना भुटानी शरणार्थीले खोप लगाएका हुन् । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा यसैसाता सञ्चालन भएको दोश्रो चरण खोप अभियानमा सो संख्याका शरणार्थीहरुले खोप लगाएको शिविर व्यवस्थापन समितिले जनाएको छ ।
खोप आपूर्ति भए अन्य शरणार्थीहरुलाई पनि खोप लगाईने तयारी रहेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालयले जनाएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा शरणार्थीहरुलाई पनि समेटेर खोप लगाउने नेपाल पहिलो देश बनेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्