विराटनगर, चैत २३ । छुट्टाछुट्टै स्थानमा आईतबार भएको आगलागीबाट २० लाखभन्दा बढीको क्षति भएको छ ।


हिजो दिउँसो साढे ३ बजे धनकुटा सहिदभुमी १ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नरबहादुर बोगटीको ढुङगा माटो, टिनको छानो भएको १ तले घर र घरभित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन, गोठ र गोठभित्र रहेको ४ वटा बाख्रा र उनकै छोरा राजबहादुर बोगटीको ढुङगा माटो काठ फुसको भएको १ तले घर, घरभित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त आगो प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै हिजै बेलुका ५ बजे मोरङ पथरी शनिश्चरे ६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्रममा थ्रेसरबाट निस्किएको आगोको झिल्काले आगलागी हुँदा सिमेन्टिको खम्बा, काठको डाडा भाँटा, टिनको छानो भएको ३६ फिट चौडाई ६५ फिट लम्बाई भएको गाईगोठ जली पूर्ण रुपले नष्ट हुँदा अन्दाजी बाह्र लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । उक्त आगो प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्