झापा , चैत २४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित फेरि दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका ३ बस्ने ३६ वर्षिय रोशन यादब र सोही नगरपालिका ५ बस्ने २१ वर्षिय समिर लिम्बु रहेका छन् ।
हिजो साँझ ५.२० बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित गैरीगाउँमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादबले हातमा लुकाई ल्याएको ४ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । दुवैलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्