मोरङ, चैत २६ । मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

आज बिहान साढे ७ बजे को२ह ५८०६ नम्बरको अटो चालक सुनसरी धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्