मोरङ,चैत २८ । मोरङ केराबारी गाउँपालिका ८ आमजुङीकी एक महिलाको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

४५ बर्षीया कुमारी लिम्बुको ढुङ्गाले किचेर मृत्यु भएको हो । शुक्रबार दिउँसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागेर नजिकै रहेको ठूलो ढुङ्गामा अडेस लागी शितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचेर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्