सुनसरी, चैत २९ । सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मिया साईकल चोरी गरी लाँदै गरेको अबस्थामा पक्राउ परेका छन् ।

हिजो बेलुका ८ बजे बराहक्षेत्र १० प्रकाशपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ४ वटा साईकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्