झापा , चैत २९ । झापामा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका तीन महिला र एक पुरुषसहित पाँचजनामा संक्रमण पुष्ट भएको हो । दमकका संक्रमितहरु वडा नं ८ र ५ का रहेका छन् । त्यस्तै भद्रपुर वडा नं ५ की एक महिलालाई पनि संक्रमण पुष्टि भएको छ । आइतबार पाँच जना थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ४६ सय ४९ पुगेको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्