मेचीनगर , चैत ३० । नेपाल विद्यार्थी संघ त्रिदेव एकाइ समितिले नयाँ वर्ष २०७८ सालको अवसर पारेर सोमबार शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिताको आयोजना गर्यो ।

त्रिदेव क्याम्पस चारआलीमा २९ जनाबीच रोचक प्रतिस्पर्धा भएको थियो । नेपाली काँग्रेस मेचीनगरका कार्यवाहक सभापति पुष्प कार्कीले उद्घाटन गरेको कार्यक्रमको सभापतित्व नेविसंघ त्रिदेव एकाइ सभापति आइतहाङ चेम्जोङले गरेको थिए । कार्यक्रममा नेविसंघको तर्फबाट झापा जिल्ला सभापति राजेन्द्र उपे्रतीको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी नेविसंघ झापा क्षेत्र नं.२का क्षेत्रीय सभापति पोषराज कट्वाल, जिल्ला प्रवक्ता सञ्जय निरौला, जिल्ला सहसचिव मिलन चापागाई, जिल्ला सदस्य कल्पना थापा, नविन खतिवडा, एलेक्स मैनाली, नेविसंघ बिर्तामोड नगर सभापति योगेन थापालगायतको उपस्थिति थियो भने नेपाली काँग्रेस पार्टीको तर्फबाट पूर्व महाधिवेशन प्रतिनिधि शरद शिवाकोटी, झापा क्षेत्र नंं.१ प्रदेश ख सचिव बिष्णु रिमाल, जिल्ला प्रचार विभाग सचिव राजेन्द्र गौतम, मेचीनगर १३ सभापति उमाकान्त पौडेलको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने आरती निरौलाले नगद ३०००, द्वितीय हुने मन्जु बस्नेत र स्मृति राईले २०००, तृतीय हुने पंकज राई र आरती सुन्दासले १००० नगदका साथै प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेविसंघ त्रिदेव एकाइ सचिव तुलसी बस्नेत (सौरभ), सदस्य प्रतिभा ढकाल तथा जीवन दाहालले संयुक्तरुपमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्