बिर्तामोड , चैत ३० । बिएण्डसी हस्पिटल बिर्तामोडले गरिव तथा विपन्न सय परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सिटामोल समेत किनेर खान नसक्ने विपन्न परिवारका लागि स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका हुन् ।
सरकारले स्वास्थ्य बीमामार्फत १ लाखसम्मको निशुल्क उपचारको व्यवस्था मिलाएको छ । सोही कार्यक्रमअन्तर्गत प्रसाईले बीमा गर्न नसक्ने परिवारको स्वास्थ्य उपचारमा सहज पहुँच होस् भन्ने उद्धेश्यले बीमा गरिदिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले झापाका कुनै पनि ठाउँका सन्थाल , मसुहर , उराउ दलितलगायतका समुदायका विपन्न परिवारलाई बीमा गरिदिने बताए ।अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत बीमा गरिदिने उनले बताए । अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बिर्तामोड –२ को मोहनमाया माविमा अढाई करोडको लागतमा तीनतले भवन निर्माण गरिरहेका छन् । त्यस्तै उनले खुदुनावारी मावि र लक्ष्मी माविमा समेत भवन बनाइदिने तयारी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्