बिर्तामोड , बैशाख ४ । विगत दश वर्षदेखि सामाजिक कार्यमा क्रियाशील रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सन् २०१९ र २०२० मा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९गोरखा पालुङटार–७ का राजेन्द्रराज पन्तलाई प्रदान गर्ने भएको छ । सोही पुरस्कारबाट २०२० मा पाल्पा मदनपोखरा–७ का ढकेश्वर घिमिरे र प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।
त्यस्तै, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ दोलखा तामाकोसी–२ की सिर्जना कार्की प्रदान गरिने भएको छ भने सोही पुरस्कार २०२० बाट झापा अर्जुनधारा–की इन्दिरा रानालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।
त्यस्तै अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ बाट झापा चन्द्रगढीका चूडामणि रेग्मी तथा सोही पुरस्कार–२०२० बाट दाङ घोराही–१८ का दधिराम सुवेदीलाई प्रदान गरिनेछ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।
त्यस्तै देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१९ बाट झापा शिवसताक्षीका गायक प्रितम आचार्य तथा सोही पुरस्कार–२०२० बाट मोरङ बुढीगंगा–२ को रक्षा किशारी समूहलाई पुरस्कृत गरिने बताइएको छ । पुरस्कारको राशि ५१ हजार १११ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिष्ठानले यो वर्ष अन्तर्राष्ट्रिय जुडो खेलाडी झापा गाउँपालिकाकी २ की देविका खड्कालाई श्री प्रसाद पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । पुरस्कारको राशि २५ हजार १११ रुपैयाँ रहेको छ । खड्का १३ औँ सागकी स्वर्ण पदक विजेता हुन् । नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी उनी एसियन जुडो खेलमा टिम इभेन्टकी रजत विजेता खलाडी हुन् ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको पत्रकार सम्मेलनमार्फत पुरस्कृत र सम्मानित व्यक्ति संघसंस्थाको नाम सार्वजनिक गरिएको थियो । कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानले अर्को वर्षबाट वितरण गर्नेगरी श्री प्रसाद ओली प्रज्ञान पुरस्कार थप गरिएको जानकारी दिए ।
राष्ट्रको गरिमा बढाउन योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गरिनेछ । प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।
यसैगरी, प्रतिष्ठानका संस्थापक कार्यसमिति सदस्य बद्रीप्रसाद ओलीको स्मृतिमा क्यान्सरसम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, संघसंस्थामध्येबाट प्रत्येक वर्ष एक लाख एक हजार १११ रुपैयाँको सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उनकै स्मृतिमा क्यान्सर वा यस्तै प्रकृतिका रोगको खोजी कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष तीन लाख रुपैयाँसम्मको वार्षिक सहयोग गरिने कार्यक्रममा जानकारी दिइयो ।बद्रीप्रसाद ओलीको ब्रेन क्यान्सर रोगबाट वि.सं. २०७६ चैत ७ गते ५९ वर्षको उमेरमा अमेरिकामा निधन भएको थियो । उनी श्रीप्रसाद ओली र अम्बिकादेवी ओलीका कान्छा छोरा हुन् । स्वर्गीय बद्रीप्रसादको परिवार पुरस्कारका लागि प्रत्येक वर्ष ५ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउनेछ ।
सबै पुरस्कार यही बैशाख १४ गते कनकाई उद्योग वाणिज्य संघको सभाहलमा वितरण गरिनेछ ।
अध्यक्ष ओलीका अनुसार श्री प्रसाद ओली साहित्यिक पुरस्कार यो वर्ष सुरुङ्गाका साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ । चन्द्रगढीको लेखनाथ पुस्तकालयले लेखनाथ जयन्तीको दिन सो पुस्कार वितरण गर्नेछ ।
कार्यक्रममा प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओलीले स्वागत गर्नुका साथै प्रतिष्ठानका बारे जानकारी गराएका थिए । कार्यक्रमको संचालन नारदमणि न्यौपानेले गरेका थिए ।

को हुन् इन्दिरा राना ?

कारागारका कैदी महिलाहरुसँग आश्रित तथा सहाराविहिन बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सीप विकास एवं लालनपालन, कारागारमा रहेका महिलाहरुको स्वास्थ्य तथा मानसिक स्थिति सुधार साथै कोभिड(१९ को महामारीमा नेपाली जनतालाई पु¥याएको सेवा वापत झापा, अर्जुनधारा(११, की इन्दिरा राना नगद १ लाख १११ रुपैयाँसहित गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार(२०२० बाट पुरस्कृत हुने भएकी हुन् । वि.स.२०२७ असार १८ गते झापामा जन्मिएकी इन्दिरा रानाको वाल्यकाल गरिबीमा गुज्रिएको कारण स्टाफ नर्स पढने ईच्छा हुँदाहुँदै परिस्थितिबश उनले अर्काको घरमा बच्चाको पढाउने र अन्य काममा सहयोग गर्दै कलेज तहको पढाइपछि शिक्षण कार्यमा संलग्न हुनु पर्योे । यसै अवधिमा वरिष्ठ समाजसेवी, मानव अधिकारवादी तथा राष्ट्रिय साहित्यकार पारिजातको प्रेरणाबाट समाज सेवामा लागिन् ।विभिन्न कारणबाट जेल जीवन भोगिरहेका महिला र उनीहरुसँग बाध्यात्मक परिस्थितिमा निर्दोष हुँदाहुँदै पनि कारागारमा बस्नु परेका बालबालिका तथा दयनीय अवस्थामा रहेका वन्दीका आश्रितहरुको स्थितिमा सुधार ल्याउन तथा मानवोचित जीवनयापनमा सहयोग गर्ने उद्देश्यबाट २०५७ भाद्र १० मा आफ्नै पहल तथा अध्यक्षतामा बन्दी सहायता नेपाल नामक सामाजिक संस्था स्थापना गरी आजसम्म निरन्तर रुपमा लागिरहेकी छन् । संस्थाले हाल काठमाडौको साँखुमा आफ्नै भवनमा जुनकिरी नामक विद्यालयमा आवासको सुविधासहित जम्मा १२० जनालाई शिक्षा आर्जन गर्ने अवसर गराईरहेको छ । झापाको खुदनावारीमा पक्की घर बनाई बालगृह; झापाकै बुट्टाबारीमा संचालित जुनकिरी प्राथमिक विद्यालय, पुस्तकालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह, माछा तथा कुखुरापालन, तरकारी खेती आदि गरी आयआर्जनको कार्यक्रम; बिराटनगर, पाल्पा र केन्द्रीय कारागारका बन्दीका साना बालबालिकाहरुको लागि ५ बर्षसम्म डे केयर सेन्टर; पाल्पाको मदनपोखरामा आमा पाराडाइज होम युवा तालिम केन्द्र स्थापना गरी जेलबाट उद्घार गरी ल्याईएका १८ बर्ष उमेर नागेका युवाहरुको लागि शिक्षा तथा कृषिसम्बद्ध आयआर्जनका विभिन्न क्रियाकलाप संचालन गरी सहयोग उपलब्ध गरााउनुका साथै केन्द्रीय महिला कारागारभित्र कैदीबन्दी महिलाहरुलाई शिक्षा र सीप उपलब्ध गराइरहेको छ । ईन्दिरा राना एसिया २१ योङ्ग लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्र्ड चिल्डे«न प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, द वन रोटरीयन ह्युम्यानेटरीयन सर्भिस अवार्ड २०२० लगायत दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरुबाट पुरस्कृत भएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्