दमक, बैशाख ४ ।याक्थुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा पुनःसेसेमी से नाल्बो लिम्बू चुनिएका छन् ।

शनिवार दमकमा सम्पन्न प्रतिष्ठानको पहिलो अधिवेशनले साहित्यकार नाल्बोको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा गुमानसिंह सम्बाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिवमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम तथा सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे सर्वसम्मत चयन भएका छन् ।

सोही अवसरमा प्रतिष्ठानले लिम्बू भाषा,साहित्य तथा कला संस्कृतिमा योगदान पुर्याएवापत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’बाट अर्जुनधारा ७ निवासी साहित्यकार नवल फाइबाली र ‘दिलबहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’बाट दमक १ निवासी पत्रकार दिलकुमार लाओतीलाई जनही रु पाँच हजारसहित सम्मानपत्रबाट सम्मानित गरेको छ ।त्यस्तै ‘गुमानसिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’वाट कमल गाउँपालिका ३ केर्खामा बस्दै आएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजारसहित सम्मानपत्र प्रदान गरियो ।
दमक १ का वडा अध्यक्ष ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सुमित्रा वाङदेल चेली, दुर्गा नेम्बाङ लुङा, दमक बहुमुखी क्याम्पसकी प्राध्यापक राधिका ओझा, कियाचु नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङ, लुङधुङ टोल अध्यक्ष याम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्