बिर्तामोड , बैशाख ४ । नेपाली कांगे्रसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरुले जनताको मत लिएर शक्ति प्राप्त गरी स्वार्थ पूरा गर्ने भएकाले अबको निर्वाचनमा भोट नदिन आव्हान गरेका छन् ।

नेपाल तरुण दल बिर्तामोड १० ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिटौलाले यत्रो ठूलो क्रान्ति र बलिदानीपछि आएको लोकतान्त्रिक व्यवस्था कम्युनिष्टको हातमा सत्ता पुग्दा गुम्ने खतरामा पुगेको बताए । उनले कांगे्रस पार्टीका कार्यकर्ता कांगे्रसका लागि होइन , जनताका लागि हुनुपर्छ भन्दै गरिब , श्रमिकहरु सहयोगको लागि खटिन आग्रह गरे । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा ७० जनाले रगत दान गरेका थिए । दिवाकर मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सदस्य जलकुमार गुरुङ , तरुण दलका केन्दीय सदस्य मदन बुढाथोकी ,जिल्ला सदस्य गोपाल तामाङलगायतले बोलेका थिए । पंचधन राईले संचालन गरेको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष एवं पार्टीका नगर सभापति भोजराज सिटौला , वडा नं १० का अध्यक्ष दुर्योधन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्