कुमरखोद ,बैसाख ६ । अमेरिकामा बस्ने नेपालीहरुले झापा गाउँपालिकामा रहेको एक मदरसालाई कम्प्युटर र स्टेशनरी सामग्री दिएका छन् ।

झापा गाउँपालिका वडा ४ मा रहेको ईस्लामिया नुरिया गरिव नवाज मदरसालाई अमेरिकामा बस्ने विशाल भारतीसहित नर्थ क्यारोलिना राज्यमा बस्ने नेपालीहरुले एकथान डेस्कटप कम्प्युटर र स्टेशनरी सामग्री दिएका हुन् । नेपालका लागि प्रतिनिधि विशाल केसीमार्पmत एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरिएको छ । अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्ने विशाल भारतीले त्यहाँ बस्ने नेपालीहरुसँग सहयोग जुटाएका थिए । गत वर्ष पनि डेस्कटप कम्प्युटर र न्यायो स्वीटर वितरण गरिएको सहजकर्ता केसीले बताए ।
मदरसा व्यवस्थापन समितीका अध्यक्ष शहिद रजा अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा ४ का राजुजंग भारती रहेका थिए । मदरसाका प्रधानाध्यापक सजेवुल अन्सारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा माधव पोखरेल , काजीबहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सशस्त्र विओपी टाँघनडुब्बाका प्रहरी निरिक्षक सचिन प्रधान , कुमरखोद ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक हरिबहादुर थापा , कन्काई सप्ताहिकका पत्रकार केशव चापागाई , प्रतिदिन दैनिकका पत्रकार बरतलाल राजवंशी, रिता भण्डारी , रामु मुखियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समसाद आलमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्