मोरङ, बैशाख ७ । मोरङ बिराटनगर ४ कञ्चनबारीबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ ।

सोमबार दिउसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्