माई ईलाम , बैशाख ९ । इलामको माई नगरपालिकामा जेष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरिएको छ ।

माई नगरपालिका वडा नम्बर–७ की ८९ बर्षिया जेष्ठ नागरिक धनमाया थापालाई परिचयपत्र वितरण गर्दै नगर प्रमुख दिपककुमार थेबेले शिविरको उद्घाटन गरे । ६० बर्षमाथिका सबैलाई परिचयपत्र प्रदान गरिने शिविरमा बुधबार माई–७ का ७५ जनालाई वितरण गरिएको महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक जमुना पौडेलले जानकारी दिइन् । जेष्ठ नागरिक परिचयपत्र वितरण शिविर माईका दशवटै वडामा बैशाख २३ गतेसम्म संचालन गरिने प्रशासन शाखा प्रमुख नविनकुमार पौड्यालले जानकारी दिए ।