झापा, बैशाख ११ । झापा अर्जुनधारा नगरपालिका –८ का १९ बर्षीय राहुल राजवंशीलाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

शुक्रबार बेलुका सवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर – ६ पिंकी ठ्याकबाट राजवंशीलाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्