भद्रपुर ,बैशाख ११ । झापाको भद्रपुर १० स्थित महिला जागरण भवन छाता चौकमा एकदिने व्यावसायिक कृषिसम्बन्धी तालिम सम्पन्न भएको छ ।

सत्यलक्ष्मी कृषि सहकारी संस्था लि. भद्रपुर १० हनुमान चौकको आयोजना तथा भद्रपुर नगरपालिका १० नं वडा कार्यालयको सहयोगमा शनिवार आयोजित कार्यक्रममा ४० जना शेयर सदस्यहरुलाई तालिम दिइएको हो । तालिमको सहजीकरण कृषि ज्ञान केन्द्रका कृषि अधिकृत गणेश शिवाकोटी र संस्थाका उपाध्यक्ष दिपबहादुर राउतले गरेका थिए ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करेसावारी ,तरकारी तथा फलफुल खेती र पशुपंछी व्यवसायका विषयमा तालिम दिइएको थियो ।
संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा सचिव युवराज न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ,वडा अध्यक्ष टेकबहादुर खड्का काजी ,संस्थाका सल्लाहकार संयोजक कमलप्रसाद अधिकारीलगायतले मन्तव्य राख्दै आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्