बिर्तामोड ,बैशाख १२ । पूर्वपश्चिम राजमार्गअन्तरगत झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचोकमा हिजो साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प ५५२० नम्बरको मोटरसाईकलमा पछाडि सवार अर्जुनधारा नगरपालिका वडा नं ७ की सुसना राईको मृत्यु भएको हो ।दुर्घटनाबाट गम्भीर घाइते भएकी २७ वर्षीया राईको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापा सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककी ४ वर्षीया छोरी र श्रीमान् छन् ।