झापा , बैशाख १४ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ३९ वर्षिय ओमनाथ चाँपागाई रहेका छन् । झापा जिल्ला अदालतको २०७२ असार ७ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा चाँपागाईलाई एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका चाँपागाईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बैशाख १० गते पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्