दमक,बैशाख १४ । सेवाग्राहीहरुको धेरै भीडभाड हुने दमकको दुई सरकारी कार्यालयमा कोरोना भाइरस नियन्त्रणका लागि सेनिटाईजर स्प्रे गरिएको छ ।

सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले मंगलबार बिहान इलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय दमक परिसरमा सेनिटाईजर स्प्रे गरेको हो । युवा समाज र ह्याप्पी नेपालको टोलीले सेवा लिन आउने सेवाग्राहीलाई कोरोना संक्रमण नहोस् भनेर सेनिटाइजर स्प्रे गरेको ह्याप्पी नेपाल दमकका महासचिव सुरेन्द्रकुमार श्रेष्ठले बताए ।
प्रशासन कार्यालयको नागरिकता फाँट,राहदानी फाँट,प्रहरी कार्यालय दमकको प्रहरी हिरासत, प्रहरी ब्यारेक,सोधपुछ कक्ष,मुद्दा फाँटलगायतका ठाउँमा सेनिटाइजर स्प्रे गरिएको ह्याप्पी नेपालले जनाएको छ । त्यसैगरी मंगलबार बिहान नै दमक बजारका बिभिन्न ठाउँमा उद्योग बाणिज्य संघ दमकले सर्वसाधारणलाई सर्जिकल माक्स वितरण गरेको छ । त्यस्तै दमकको पूर्व बसस्टेण्ड परिसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संघ दमकले सवारी चालक ,यात्रु र सर्वसाधारणलाई सर्जिकल माक्स वितरण गरेको मजदुर नेता रन्जित यादवले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्