मोरङ, बैशाख १५ । मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ बर्षीय सागर तामाङ र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धित औषधी Tramol–१०० चक्की र डिकोलिक –१०० चक्की बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्