झापा , बैशाख १६ । मोरङको धनपालथान ५ दादरबैरियामा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भित्री पक्की सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरको को १४ प ५१९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक अन्दाजी २२ बर्षिय सन्तोष सरदारको मृत्यु भएको हो ।
हिजो दिउँसो भएको दुर्घटनामा घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ हात्तीमारास्थित भित्री कच्ची सडकमा बाटो निर्माणमा रहेको अनटेष्ट ग्रेडरले ब्याक गर्ने क्रममा आफ्नै घर अगाडी बाटोमा ढुङ्गा टिप्दै गरेका ८२ बर्षिय धनबहादुर राना मगरलाई ठक्कर दिई घाईते बनाएको छ । गम्भीर अबस्थाका मगरलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
ग्रेडर चालक ईटहरी उपमहानगरपालिका वडा नम्बर १६ पडरियाका २६ बर्षिय बिक्रम विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्