दमक, बैशाख १६ । दमक नगरपालिकाका जनप्रतिनिधिसहित प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा गरिएको कोरोनाको स्वाव परीक्षणमा तिम्सिनाको रिपोर्ट पोजेटिभ देखिएको हो । उनी केही दिनअघि विराटनगरस्थित एक आफन्तको वैवाहिक कार्यक्रममा सहभागी भएका थिए ।
तिम्सिनाले कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएलगत्तै आफू होम आइसोलेसनमा बसेको बताएका छन् । वैवाहिक समारोह सकेर दमक आएपछि मंगलबार मात्रै दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी बैठकमा उनी सहभागी भएका थिए ।
यसअघि बुधबार नै दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई पनि कोरोना पुष्टि भएको थियो । सापकोटा विराटनगरमा अस्पताल भर्ना भएको बुझिएको छ ।
दमकमा ४५ सक्रिय संक्रमित
यसैगरी नगरपालिकाले विज्ञप्ति निकालेर दमकमा चैत २५ यता हालसम्म नयाँ भेरियन्टबाट ४९ जना संक्रमित भएको जनाएको छ । त्यसमध्ये एक बृद्धको ज्यान गएको र दुई जना निको भएको नगरपालिकाले जनाएको छ । तीमध्ये २२ महिला र २३ पुरुष गरी ४५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्