बरतलाल राजवंशी,
कुमरखोद , बैशाख १६ । सबै घरधुरीमा बिजुली बत्ती पु¥याउन सफल झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको छ ।

झापा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै घर , सवै टोल र गाउँगाउँमा बिजुली बत्ती पुर्याउन सफल भएको हो । आज एक कार्यक्रमका बीच झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरियो । उज्यालो पालिका बन्ने झापा गाउँपालिका देशकै पहिलो बनेको छ ।
देशको कुनै पनि पालिका अहिलेसम्म उज्यालो पालिका घोषणा गर्न सफल भएको छैन ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण प्रदेश १ विराटनगरका प्रमुख टेकनाथ तिवारीले वोर्डको स्वीच अन गरेर झापा गाउँपालिकाको नक्सामा विजुली वत्ती वालेर उद्घाटन गरेका थिए । प्रमुख अतिथि तिवारीले प्रदेश नं १ को १४ वटा जिल्लामा २४ वटा वितरण केन्द्रहरु रहेको बताए । उनले ४०–५० किलोमिटर तार सम्झौता गरेको उद्योगले समयमा नदिँदा खेतीमा सिँचाइका लागि विजुली वत्ती पु¥याउन नसकेको बताए । कृषिमा सिँचाइको लागि भविष्यमा विद्युत निशुल्क हुने सम्भावना रहेको समेत उनले जानकारी दिए । डिल्लीराज माविको सभाहलमा भएको कार्यक्रममा वडाध्यक्ष नेत्रबहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्षता गरिरहेका गाउँपालिका अध्यक्ष शाहले नेपालमै पहिलोपटक झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्न सफल भएको बताउँदै सवै जनप्रतिनीधिहरुको सपना साकार भएको जनाए ।
‘प्रत्येक घरधुरीमा बिजुली वत्ती पु¥याउन सफल भएका छौं’उनले भने , ‘ हामीले अतिविपन्न परिवारलाई फ्रिमा विजुली वत्तीको मिटर उपलब्ध समेत गराएका छौं ।’ अध्यक्ष शाहले अव जहाँजहाँ २ फेसलाईन छ त्यहाँ ४ फेस विजुलीको लाईन जोड्ने काम द्रुत रुपमा अगाडी वढाईने प्रतिवद्धता व्यक्त गरे । प्रत्येक गाउँ टोलको खेतखेतमा बिजुली बत्ती पु¥याउनको लागि गाउँपालिका भोलिदेखि लागिपर्ने समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा विशिष्ट अतिथिहरु उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी , अनारमनी वितरण केन्द्रका विरेन्द्रकुमार झा , समाजसेवी श्याम ओली , माओवादी केन्द्रका रुद्र वजगाई , नेकपा एमालेका अध्यक्ष गजेन्द्र ताम्ली , जसपाका केन्द्रीय सदस्य विश्वनाथसिंह राजवंशी , नेपाली काँग्रेस क्षेत्रीय सचिव शिव कडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्नका लागि सहयोग गर्ने सामाजिक व्यक्तित्व श्याम ओली , नेपाल विद्युत प्राधिकरण प्रदेश १ का प्रमुख तिवारी र अनारमनी वितरण केन्द्रका प्रमुख झालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सातवटै वडाका अध्यक्षहरु , अधिकृत आनन्द नेपाल , सुपरभाईजर रंजित विष्ट , विरेन्द्रप्रसाद गुप्ता , जगन्नाथ राजवंशी , अन्जु थपलिया , लेखा अधिकृत लक्ष्मी खतिवडा , वसुन्धरा थपलिया रामनारायण राजवंशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन झापा गापाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले गरेका थिए ।
साविकका तीनवटा गाविस शरणामती , टाँघनडुब्बा र कुमरखोद मिलेर झापा गाउँपालिका बनेको हो । चार वर्ष अगाडी र अहिले पालिका बनेपछिको विकासमा आकाश पातालको फरक छुट्याउन सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्