झापा , बैशाख १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ ।

अहमदाबादमा गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २÷२ विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।
त्यस्तै पहिलो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ । दिल्लीमा राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटाएको हो । मुम्बईका लागि क्विन्टन डी ककले अविजित ७० रन बनाउँदा क्रुनल पाण्डेयाले ३९ रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ४२, जोस बटलरले ४१ रन बनाए । बलिङतर्फ मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्